२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवल सहित देशका अधिकांस स्थानमा वर्षा



बुटवल । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज बिहानै देखि बुटवल सहित देशका अधिकांस स्थानमा वर्ष भइरहेको छ । देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अहिले बुटवलसहित देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांस स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज मध्यान्ह पछि पनि आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रिमनसुन चलिरहेकाले पानी रोकिने र पर्ने क्रम चलिरहेपनि बादल भने लागिरहने बताइएको छ । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ५७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित