२ पुस २०८२, बुधबार | December 17, 2025

सरकारले नीति तथा कार्यक्रममा भ्रष्टाचारीलाई कारवाही गर्ने बुँदा हटाएको रास्वपाको आरोप



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको रास्वपाले आरोप लगाएको छ । नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको रास्वपाले आरोप लगाएको हो ।

भ्रष्टाचारीलाई कारवाही गर्ने बुँदा हटाउको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ । सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रिय तथा संसदीय दलको बैठक बोलाएको छ ।

‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रवार सपथ पछि लामिछानेले भनेका थिए ।

यसैगरी, सोमवार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजिनामा दिईसकेका छन्  ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ३३ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११