२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश



बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११ औं महाधिवेशनको बन्दसत्र सुरु भएकै दिन नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

नेकपा एमाले रुपन्देहीका वर्तमान सचिव एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकिय सचिव पूर्वनगर प्रमुख कार्की आइतबार उक कार्यक्रमका बीच रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताले रास्वपामा स्वागत गरेका थिए । कार्की सँगै नेकपा एमाले प्रदेश सदस्य पदम ज्ञवाली लगायतका नेताहरू रास्वपा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै रास्वपा पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेर मुद्दा लगाइएको बताए । उनले आगामी निर्वाचनमा जनताले त्यसको जवाफ दिने बताए ।

पार्टी प्रवेश गर्दै कार्कीले रास्वपाको नीति, सिद्धान्त र विचार अंगिकार गरेर पार्टीलाई नगर र जिल्लामा बलियो बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ३० बजे

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर । पश्चिम नेपालका नेपाल-भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि