३ आश्विन २०८३, शनिबार | September 19, 2026

तिलोत्तमाको स्वास्थ्य चौकीमा एन्टी रेबिज भ्याक्सिन सेवा सुरु



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा-६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट सो सेवा सुरु भएको वडा अध्यक्ष गणेश पाठकले बताएका छन् । सो सेवा सुरुसंगै नगरबासीमा खुसी छाएको छ । यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेबिजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिन सहितको बक्स स्वास्थ्य चौकीका प्रमुख ज्ञानु पौडेल र फोकल पर्सन हुमनाथ पाण्डेलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि सुचना र चेतना कम हुँदा समस्या देखिएको बताए ।

उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्‍याउन सबै नगरबासी टोलबासीहरुमा आग्रह गरे। बाताबरण र स्वास्थ्यको क्षेत्रमा प्रगती भएको भन्दै नगर प्रमुख खाणले अन्य क्षेत्रको भन्दा तिलोत्तमाका नगरबासीको औसत आयु बढी रहेको बताए । नगरप्रमुख खाणले नगरपालिकाको हरियाली प्रवर्द्धन, छाडा कुकुर र अन्य जनावर व्यवस्थापन तथा स्वास्थ्यको क्षेत्रमा नगरपालिका लागिपरेको बताए ।

सो अवसरमा बोल्दै तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकले बुटवल भैरहवा जानुपर्ने बाध्यता टरेको भन्दै त्यस्ता पशुले टोकेर लाग्ने रेबिजको भ्याक्सिन तिलोत्तमामै पाइने बताए । उनले घरघरमा स्वास्थ्यकर्मी र जनताले सो सम्बन्धी सुचना र चेतनालाई सबै माझ लैजानुपर्ने बताए । सो कार्यक्रममा बोल्दै तिलोत्तमा-१ का वडा अध्यक्ष फर्शुराम गिरी, स्वास्थ्य शाखा प्रमुख ध्रुव घिमिरे, स्वास्थ्य चौकी प्रमुख ज्ञानु पौडेल लगायतले नगरबासीहरुले सो सम्बन्धि सेवाको पुर्ण लाभ लिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : ३० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री