२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३० लाख रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ०८ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको