७ आश्विन २०८३, बुधबार | September 23, 2026

भ्रष्टाचारका जनुसकै फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड

रास्वपालाई सरकारमा सहभागी हुन आग्रह



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका छन् ।

सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्दै भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार रहेको बताएका हुन् । प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘तपाईं सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु ।’

लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनले सो भेटमा आफुहरुलाई पुरानै मन्त्रालय दिए र भ्रष्टाचारको फाइल खोल्ने प्रतिवद्धता जनाए सरकारमा आउन तयार रहेको बताएका थिए । त्यसअघि भने लामिछानेले सरकारले आफ्ना कुरा सम्बोधन नगरे समर्थन फिर्ता लिने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आज पत्रकार सम्मेलनमा लामिछाने सरकारमा आउने विषयमा लामिछाने सकारात्मक रहेको बताए । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ ’ प्रचण्डले भने, ‘सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं ।’

प्रचण्डले रास्वपाले पहिलाकै मन्त्रालय खोजे पनि त्यसैमा अडिने विश्वास आफुलाई नरहेको बताए । उनले सरकार पाँच वर्ष टिक्ने दाबी समेत गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : २० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११