१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

जमुनाहा नाका दुई दिन बन्द हुने, सीमा क्षेत्रमा मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध



नेपालगन्ज । नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।

मङ्गलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए। यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उनले उल्लेख गरे ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको हो । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको छ ।

नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलताअनुसार काम गर्ने सहमति भएको छ । सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमानाका बन्द हुँदै आएको छ । -रासस

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : १८ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल