११ चैत्र २०८२, बुधबार | March 25, 2026

सारङ्गी संस्कृति लोप हुने चिन्ता



अन्नपूर्ण । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ ।

पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुगे । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उनलाई निकै याद आउँछ । उनी लोक गायक झलकमान गन्धर्वका साथी पनि हुन । उनलाई पछिल्लो समय सारङ्गी वादन हराउँदै जान थालेकोमा चिन्ता लाग्छ । “अहिलेका केटाहरू गीतार, हार्मोनियम, किबोर्ड केके भन्छन् । यस्तै छ सिक्न त्यति सारो रुचि गर्दैनन्”, खिमबहादुरले भने, “सारङ्गी त हाम्रो संस्कृति हो नि । त्यही भएर हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ ।”

सिक्न चाहनेका लागि सिकाउन आफू तत्पर रहेको उनले सुनाए । “अलि अलि चासो लिएर आउनेलाई सिकाउने गरेको छु”, उनले भने, “गीत गाउन त घाँटीले साथ दिँदैन । सारङ्गी लिएर यसो गर उसो गर भनेर भन्न सक्छु । अनि सिकाउँछु पनि ।” गोरखा नगरपालिका-७ धारापानीका मङ्गलप्रसाद गान्धारी पनि युवापुस्ताले सारङ्गी बजाउन नखोज्ने बताउँछन । “हाम्रा पालामा सारङ्गी बोकेर घटना सुनाउन कता कता पुगिन्थ्यो । अहिले त त्यो छैन”, मङ्गलप्रसादले भने, “हामी जसरी गाउँ गाउँ नहिँडे पनि बजाउन मात्रै सिकिदिए नि हुन्थ्यो भन्ने हुन्छ ।”

गन्धर्व संस्कृति जोगाउन यसको महत्व बुझाउनुपर्ने गान्धारीको भनाइ छ । संस्कृति जोगाउनका लागि सरकारले बजेट छुट्याए पनि आफ्ना समुदाय माग गर्नै नजाने उनले बताए । “यसलाई जोगाउन हाम्रो संंस्कृतिको महत्वबारे नयाँ पुस्तालाई बुझाउनुपर्छ”, उनले भने, “सरकारले बजेट त छुट्याएको हुन्छ नि हाम्रो मान्छेहरू माग गर्नै जान्नन् ।”

तनहुँकी २२ वर्षीया अरुणा गन्धर्व हराउँन थालेको सारङ्गी संस्कृति जोगाउन तल्लिन छन । उनले सारङ्गी बजाउन थालेको सात वर्ष भयो । अहिले उहाँले जानेको सीप स–साना भाइबहिनीलाई पनि सिकाउन व्यस्त छन । तनहुँ जामुने क्षेत्रमा सारङ्गी वादनमा अझ सक्रिय भएर लाग्ने अरुणाको प्रतिवद्धता छ । “बाबाहरूले गाउनु हुन्थ्यो । मैले पनि बीचमा वास्ता गरेको थिइन् । पछि हाम्रो संस्कृति जोगाउन हामी नै लाग्नुपर्छ भन्ने मनमा जाग्यो अनि सिकेर बजाउँदै आएको छु”, अरुणाले भनिन । युवापुस्ताले संस्कृति जोगाउन ध्यान नदिने हो भने लोप भएर जाने उनको तर्क थियो ।

नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले सारङ्गी वादन संस्कृति जोगाउन आफूहरू प्रयासरत रहेको जानकारी दिए । युवापुस्ताले हाम्रो संस्कृति मङ्गल, महाल, कर्खा, मालश्री, नौराग, बाह्रमासे गीत बिर्सदै गएकोमा उनले चिन्ता व्यक्त गरे । “हाम्रो संस्कृति जोगाउन यो वर्ष सारङ्गी वादन प्रतियोगीता ग¥यौँ”, अध्यक्ष सूर्यबहादुर गायकले भने, “सात वर्षभन्दा माथिका बच्चाहरूलाई सारङ्गी वादन तालिम दिइरहेका छौँ ।” सारङ्गी बजाउन जानिसकेकालाई गन्धर्व गीतको प्रशिक्षण दिइरहेको उनले सुनाए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : ०७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई