३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

आजबाट तातोपानी नाका खुल्यो, दुईतर्फी आयात निर्यात सुचारु



काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीलगायत सबै चिनियाँ नाकाहरु आजबाट खुलेका छन् । नाका खुलेसँगै दुईतर्फी आयात निर्यातको काम सुचारु भएको छ ।

लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला भएका हुन् ।  चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको उपस्थितिमा सोमबार मितेरी पुलमा तीन कन्टेनर पठाएर निर्यात खुला गरिएको हो । तातोपानी नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।

तातोपानी नाका २०७२ को भूकम्पका कारण बन्द भएको थियो । त्यसपछि राम्रोसँग कहिल्यै खुल्न नसकेकोमा कोरोना संक्रमणपछि पूर्णतया बन्द रहेको थियो । अब भूकम्पअघिकै अवस्थामा सुचारु हुने बताइएको छ ।

नेपाली उद्योगी व्यवसायीहरुले चिनियाँ नाका खोल्न लामोसमयदेखि माग गर्दैआएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुलेका हुन् ।
मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजवाट खुलेका छन्।

यसअघि रसुवाको रसुवागढी–केरुङ नाका यसअघि नै खुलिसकेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : १५ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय