२१ मंसिर २०८२, आइतबार | December 8, 2025

एभरेष्ट इन प्रथम प्रेस चौतारी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को तयारी पूरा



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही बैशाख २१ गते हुने एभरेष्ट इन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को तयारी पूरा भएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य पत्रकारहरुले भाग लिने प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक होटल एभरेष्ट इन बुटवल रहेको छ ।

तिलोत्तमा-३ योगीकुटी शान्तिचोकस्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगिताको उदघाटन एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । प्रतियोगिता उदघाटनमा संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षहरु, महासचिव हिरामान लामालगायत उपस्थित हुनेछन् ।

प्रतियोगिताका लागि स्वस्तिक श्रेष्ठको संयोजकत्वमा आवश्यक तयारीको काम अगाडि बढाइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र द्वितीय हुने टिमले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । प्रेस चौतारी रुपन्देहीले पहिलोपल्ट फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ५ विधागत पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।

प्रतियोगिताको अघिल्लो दिन वैशाख २० गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिसँगको समन्वयमा सांगठनिक प्रतिवेदन लेखन तालिमको समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ३२ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब