२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

एभरेष्ट इन प्रथम प्रेस चौतारी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को तयारी पूरा



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही बैशाख २१ गते हुने एभरेष्ट इन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को तयारी पूरा भएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य पत्रकारहरुले भाग लिने प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक होटल एभरेष्ट इन बुटवल रहेको छ ।

तिलोत्तमा-३ योगीकुटी शान्तिचोकस्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगिताको उदघाटन एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । प्रतियोगिता उदघाटनमा संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षहरु, महासचिव हिरामान लामालगायत उपस्थित हुनेछन् ।

प्रतियोगिताका लागि स्वस्तिक श्रेष्ठको संयोजकत्वमा आवश्यक तयारीको काम अगाडि बढाइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र द्वितीय हुने टिमले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । प्रेस चौतारी रुपन्देहीले पहिलोपल्ट फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ५ विधागत पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।

प्रतियोगिताको अघिल्लो दिन वैशाख २० गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिसँगको समन्वयमा सांगठनिक प्रतिवेदन लेखन तालिमको समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ३२ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा