२ पुस २०८२, बुधबार | December 17, 2025

डा.चन्द्र भण्डारी थप उपचारका लागि फ्रन्टलाइन अस्पताल भर्ना



काठमाडौं । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी थप उपचारका लागि काठमाडौंको फ्रन्टलाइन अस्पताल भर्ना भएका छन् ।

२ महिना बढी भारतमा उपचार गरि आइतबार स्वदेश फर्केका डा. भण्डारी थप उपचारका लागि काठमाडौंको पुरानो बानेश्वरमा स्थित फ्रन्टलाइन अस्पतालमा भर्ना भएका हुन् ।

नेपालको एकमात्र बर्न अस्पताल कीर्तिपुर बर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शंकरमान राईको परामर्शबाट फ्रन्टलाइनमा भर्ना गरिएको बताइएको छ । अस्पतालले डा. भण्डारीको उपचारका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने निर्णय गरेको फ्रन्टलाईन अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए।

भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार डा. भण्डारीको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उनका टिम संलग्न छ। अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायत उपचार गराइने डा पाण्डेले जानकारी दिए।

भण्डारी यसअघि भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा २ महिना बढी उपचार गराइ आइतबारमात्र नेपाल फर्केका थिए । भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ छ। शरीरमा संक्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका स्वकिय सचिव कंडेलले बताए ।

गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ५६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व