१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया ईच्छुक



काठमाडौ‌ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ।

कम्बोडियाको अौपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बिच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बिचको शान्ति प्रकृयाका अनुभवहरू आदनप्रदान गर्ने बिषयमा छलफलसमेत भएको छ।

अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बिच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको बिकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्वपूर्ण गन्तव्य रहेको उनको भनाई थियो ।

ुगौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छु उनले भने ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अबस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने बिश्वास दुबै जनाको थियो। नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षिय सम्बन्ध बिस्तारमा पनि जोड दिईएको छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ५३ बजे

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा