१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

३ दिन विशेष कार्यक्रम गर्दै बुद्ध जयन्ती मनाइँदै, विशेष समारोहलाई प्रधानमन्त्रीबाट सम्बोधन हुने



बुटवल । २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । लुम्बिनी विकास कोषले आज लुम्बिनी पत्रकार सम्मेलन गरेर बुद्ध जयन्तीको तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिका अनुसार कोषले ३ दिन सम्म भब्यरुपमा बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने उल्लेख गरिएको छ । बैशाख २२ गते अर्थात बुद्ध पुर्णिमाका दिन आयोजना हुने मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ ।

निर्धारित कार्यक्रम अनुसार २१ गते साँझ मायादेबी मन्दिरमा दिप प्रज्वलन सहित महापरित्राण हुने छ भने बैशाख २२ गते बिहान ६ बजे पुर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तरराष्ट्रिय सभाहल सम्म शोभा यात्रा र सम्मेलन केन्द्रमा मुल समारोह हुने विज्ञप्तिमा जनाइएको छ । मुल समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । २२ गते मध्यान्ह कोषको तर्फबाट भोजन दानको कार्यक्रम समेत राखिएको छ ।

त्यसैगरि समारोह समापन लगत्तै सांस्कृतिक कार्यक्रम, सांस्कृतिक संस्थानबाट बुद्ध जीवनीमा आधारित पटाचार तथा स्थानीय भेषभुषामा साँसकृतिक कार्यक्रम हुने कोषले जनाएको छ । बैशाख २२ गते नै पण्डितपुरबाट रामग्राम सम्म अस्थिधातु यात्रा समेत हुने कोषको सदस्य सचिव सानुराजा शाक्यले बताए । २१ गतेको दिप प्रज्वलन र पाठमा लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेतृत्व गर्नेछन् भने २२ गतेको अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले गर्ने कार्यक्रम तय भएको शाक्यले बताए ।

शाक्यका अनुसार २३ गते तिलौराकोटमा हुने मायादेबी शोभायात्राको नेतृत्व कृषि तथा पशुपंछी विकास मन्त्री बेदुराम भुसालले गर्नेछन् । बोधिसत्व सिद्धार्थलाई तिललौराकोट भित्राउँदै गरेको प्रतिक स्वरुप मायादेबी शोभायात्र गरिने सदस्य सचिव शाक्यले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरी तयारी गरेको जानकारी दिए ।

उनले समारोहमा सहभागी हुन विभिन्न देशका राजदूतहरुलाई आमन्त्रण गरिएको जनाउँदै भोली सम्ममा कार्यक्रममा सहभागी हुने राष्ट्रका राजदूतहरुको नाम आउने बताए । उनले बुद्ध पुर्णिमाकै दिनबाट लुम्बिनी परिषर भित्र हर्न निषेध योजना कार्यान्वयन गरिने बताउँदै लुम्बिनी परिषर प्रवेश पछि सबै सवारीले हर्न बजाउन नपाउने गरि निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले