८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

नेपाल चीन सम्वन्ध जनस्तरमा : उपराष्ट्रपति यादव



भक्तपुर । उपराष्ट्रपति राम सहाय यादवले नेपाल र चीन दुई देशवीचको सम्वन्ध जनस्तरसम्म नै कायम रहेको बताएका छन् । डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरले सञ्चालन गर्न लागेको निःशुल्क शल्यक्रियाको बुधबार अस्पताल परिसरमा उदघाटन गर्दै उनले नेपाल र चीनवीचको सम्वन्ध सरकारीस्तरमा मात्रै नभई जनस्तरमासमेत प्रगाढ रहँंदै आएको बताए । त्यस अवसरमा उपराष्टपति यादवले चीनवीचको मित्रता गहिरो रहेको बताए ।

अस्पतालले वैशाख २० र २१ गते निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको छ । शल्यक्रिया सेवाको बुधबार उदघाटन गरिएको हो । यसअघि अस्पतालले वैशाख ९ गते मोतीविन्दुका विरामीहरुका लागि निःशुल्क आँंखा शिविर सम्पन्न भएको थियो । उक्त शिविरबाट लाभ लिएका विरामीहरुका लागि निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको हो ।

कार्यक्रममा अस्पतालका मेडिकल कोअर्डिनेटर डा जितेन्द्रप्रसाद सिंहले चीनको सन्चन् छाओछीग होइसँंग सहकार्य गरी अरनिको समाजले अस्पतालमा मोतिविन्दुका विरामीहरुको निःशुल्क आँंखा शिविर गरेको जानकारी गराए । कार्यक्रमका अन्य वक्ताहरुले पनि नेपाल चीन सम्वन्धबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : २४ बजे

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अ न्तर्गत दुवै सदनको बैठक आज बस्दैछन्

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु

तिलोत्तमामा सूचना केन्द्र र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर