२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा संदीप बुटवलबाट पक्राउ



बुटवल । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा संदीप रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको जनाएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा आजै जिल्ला अदालत काठमाडौंबाट संदीपका पिता टोपबहादुर रायमाझी सहित उनको नाममा पक्राउ पुर्जी जारी भएकोमा आज साँझ बुटवलबाट संदीप पक्राउ परेका हुन् ।

संदीपलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले पुष्टी गरे । जिल्ला प्रहरी कार्यालय काठमाडोंको आग्रहमा संदीपलाई बुटवलबाट पक्राउ गरिएको उनले बताए ।

मेरो संलग्नता छैन : टोपबहादुर रायमाझी

सांसद टोपबहादुर रायमाझीले आजै नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । रायमाझीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै रायमाझीले भने “फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।” उनले आफूले भूटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले तत्कालीन ऊर्जामन्त्रीसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । रायमाझी गत मङ्सिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : १० बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन