१० भदौ २०८३, बुधबार | August 27, 2026

प्रधानन्यायाधीश नियुक्तिलगायत माग राख्दै सुरु बारको आन्दोलन पाँचाै दिनमा



काठमाडौं । नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौ दिन पनि जारी रहने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति लगायतको माग गर्दै गत आइतवार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन पाँचौ दिनमा पनि जारी रहने भएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिररहेका छन् । उनका अनुसार जबसम्म प्रधानन्यायधिसलगायत नियुक्ती प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ ।

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन  वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन । त्यसमा राजनीतिक खिचातानी भएको छ । तर अब बिलम्ब नगरी प्रधानन्यायधिस नियुक्ती गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ । ’ उनका अनुसार आगामी शुक्रवारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ ।

तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुदैँ आएको छ । कायममुकायमवाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधिस हुदाँ कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायधिस पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : ५७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट