२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानन्यायाधीश नियुक्तिलगायत माग राख्दै सुरु बारको आन्दोलन पाँचाै दिनमा



काठमाडौं । नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौ दिन पनि जारी रहने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति लगायतको माग गर्दै गत आइतवार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन पाँचौ दिनमा पनि जारी रहने भएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिररहेका छन् । उनका अनुसार जबसम्म प्रधानन्यायधिसलगायत नियुक्ती प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ ।

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन  वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन । त्यसमा राजनीतिक खिचातानी भएको छ । तर अब बिलम्ब नगरी प्रधानन्यायधिस नियुक्ती गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ । ’ उनका अनुसार आगामी शुक्रवारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ ।

तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुदैँ आएको छ । कायममुकायमवाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधिस हुदाँ कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायधिस पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : ५७ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११