२ पुस २०८२, बुधबार | December 17, 2025

पाकिस्तानका विदेशमन्त्री भुट्टो भारतको गोवामा, एससीओ विदेशमन्त्री परिषद् बैठकमा सहभागी हुने



इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले भारतको गोवामा हुन लागेको सांघाई सहयोग संगठनको विदेशमन्त्री परिषद्को बैठकमा भाग लिन लागेका छन् । भुट्टोले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गोवा पुगेका छन् ।

भारतीय विदेशमन्त्री एवं एससीओका वर्तमान अध्यक्ष भारतका विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भुट्टो एससीओ विदेशमन्त्री परिषद्को बैठकमा सहभागी हुन लागेका हुुन् । ‘बैठकमा हाम्रो सहभागिताले एससीओ बडापत्र र यसका प्रक्रियाहरूप्रति पाकिस्तानको प्रतिबद्धता र पाकिस्तानले आफ्नो विदेश नीति प्राथमिकताहरूमा क्षेत्रलाई दिएको महत्त्वलाई झल्काउँछ’ पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि गत वर्ष जुलाईमा तास्कन्दमा भएको विदेशमन्त्री परिषद्को अन्तिम बैठकमा पनि परराष्ट्रमन्त्री भुट्टो सहभागी भएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ५१ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११