२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

बाँकेका उपप्रमुख महिलाको एकवर्षे कार्यकाल



नेपालगन्ज । “मलाई नसोधेर न्यायिक समितिबाट बजेट कटौती गरिएको छ । मेरो समितिमा बजेट छैन, जसले गर्दा मैले आजसम्म एउटा पनि कार्यक्रम गर्न सकेकी छैन । मलाई नाम मात्रको उपाध्यक्ष बनाइएको छ”, बाँके जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव भन्छिन् ।

गत स्थानीय निर्वाचनबाट उक्त पालिकामा उपाध्यक्ष भएर निर्वाचित भएकी यादवलाई पालिका अध्यक्षबाटै विभेद भइरहेको उनले गुनासो गरिन् । उनको भनाइअनुसार अध्यक्ष छब्बन खाँले एकलौटी ढङ्गले निर्णय गरेर अगाडि बढेका छन् । अध्यक्ष खाँ जिल्लाबाहिर जाँदासमेत आफूलाई कार्यवाहक नदिएको भन्दै यादवले गुनासो गरिन् । “अध्यक्ष आफू काम विशेषले जिल्लाबाहिर जाँदा त मलाई कार्यवाहक दिएर जानुपर्ने हो नि १ तर उहाँले त्यसो गर्नुभएको छैन”, उनले भनिन्, “उहाँको अनुपस्थितिमा उहाँको स्वकीय सचिवले जिम्मेवारी सम्हाल्दै आइरहनुभएको छ ।”

आफूलाई पालिका कर्मचारीबाट नभई आफ्नै जनप्रतिनिधिमार्फत महिला भएको कारणले विभेद गरिएको उपाध्यक्ष यादवले बताइन् । उनले विभिन्न समितिको संयोजक भएको नाताले ती समितिमार्फत गरिने निर्णयको अधिकार आफ्नो भएको, तर आजसम्म कुनै प्रकारको निर्णय गर्न नदिएको बताइन् । “बजेट विनियोजन गराउँदा मसँग कुनै प्रकारको सल्लाह गरिँदैन । कटौती गरिँदा त झनै आफूहरूमात्रै सल्लाह गर्नुहुन्छ”, उपाध्यक्ष यादव भन्छिन् ।

“मेरो क्षेत्राधिकारभित्रको बजेट मलाई नै जानकारी नगराई कटौती गरिएको छ”, उनले भनिन् । उपाध्यक्ष यादवको भनाइअनुसार न्यायिक समितिमा गत वर्ष र यस वर्ष गरी अहिलेसम्म ३९ मुद्दा आएकामध्ये दुईवटा मुद्दालाई अदालतमा पठाइएको छ । बाँकी ३७ वटा मुद्दालाई मेलमिलापमार्फत मिलाइएको छ । उक्त पालिकामा धेरैजसो मुद्दा घरझगडा, जग्गा र ज्याला मजदुरीका रहेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लको पहिलो कार्यकाल भने रामप्यारीको भन्दा धेरै फरक रहेको छ । उनको भनाइअनुसार महिला भएकै कारणले कुनै पनि प्रकारले विभेदपूर्ण व्यवहार सहनुपरेको छैन । बाह्र वटा समितिको संयोजक मल्लले आफ्नो क्षेत्राधिकारको प्रयोग आफैँले गरेको बताइन् । सुरु–सुरुमा काम गर्न मेसो नमिलेको अनुभव सुनाउँदै उनी भन्छिन्, “पहिला–पहिला त काम गर्न अलि गाह्रो नै भयो । जनताका समस्यालाई कसरी समाधान गर्ने भन्नेमा नै अल्मलिएँ तर पछिपछि भने मेसो पाउँदै गएँ । अहिले त हरेक कुरा सहज लाग्न थालेको छ ।” राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत रहेकी मल्लले आठवटै वडामा मेलमिलाप केन्द्रको स्थापना गरेकी छिन् ।

उनका अनुसार प्रत्येक मेलमिलाप केन्द्रका संयोजकलाई सहजीकरण गरेबापतको सहयोगस्वरुप रु १० हजारसमेत दिने व्यवस्थासमेत गरिएको छ । उक्त पालिकामा विशेष गरेर पारिवारिक झै–झगडा र जग्गासम्बन्धी कारोबारको विषयमा मुद्दा आउने गर्दछन् । ‘उपाध्यक्षसँग किशोरी कार्यक्रम’ सञ्चालन गर्दा आफ्नो पालिकामा किशोरी सुरक्षित भएको उनले बताइन् ।

उपाध्यक्ष मल्लले निर्वाचित भएको पाँच छ महिनाभरि नै काम गर्ने प्रक्रिया बुझ्न समय बित्यो । उपाध्यक्षको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने विषयमा बुझ्दै गर्दा यो कार्यकाल बिते पनि आगामी कार्यकाल योजनाबद्ध ढङ्गले काम गर्ने प्रतिबद्धता उनले जनाइन् । उनले भनिन्, “झण्डै एक वर्ष बित्नै लाग्दा बल्ल मैले काम कसरी गर्ने भन्ने कुराको मेसो पाउन थालेकी छु । अब कार्यकाल सकिन केही महिना मात्र बाँकी छ । यो बाँकी रहेको समयमा र आगामी कार्यकालमा अधुरा भएका सबै कुराहरू पूरा गर्नेछु ।”

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जुको भन्दा खासै फरक अनुभव छैन बाँके कोहलपुर नगरपालिकाकी उपाध्यक्ष सङ्गीता सुवेदीको पनि । उनको अनुभवमा उपाध्यक्ष भएर एक कार्यकाल सकिनै लाग्दा पनि विभेद के हो त्यसको खासै महसुस गर्न परेको छैन ।

“हामी जत्तिको महिलालाई विभेद गर्ने आँट प्रायः कसैले गर्नै सक्दैन । यदि कसैले महिला भएकै कारणले विभेद गर्छ या गर्न खोज्दछ भने त्यहाँ महिला स्वयंकै दोष देखिन्छ”, उनले भनिन् । कहिलेकाहीँ कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हालेकी सुवेदीले महिला भएकै कारणले विभेदपूर्ण व्यवहारको सामाना गर्न बाध्य हुनुको कारणलाई यसरी सुनाइन्,“जब महिला आफ्ना लागि बोल्न सक्दैनन् । काम गर्न सक्दैनन् । आफ्नो बुद्धि र विवेकभन्दा अरुमा निर्भर परेर चल्ने बानीमा बाँचेका हुन्छन् । तब मात्र महिलाले विभेदपूर्ण व्यवहारको सामना गर्नुपरिरहेको हुन्छ ।” तर आफ्नो हकमा यी कुनै पनि कुरा लागू नहुने भएको हुनाले उपाध्यक्ष सङ्गीतालई विभेद् सहन नपरेको उनले बताइन् ।

उनका अनुसार हालसम्म न्यायिक समितिमा ६४ वटा मुद्दा आएका थिए । तीमध्ये ४० वटालाई मेलमिलापको माध्यमबाट मिलाइएको र बाँकी छलफलकै प्रक्रियामा रहेका छन् । दुई वटा मुद्दा मेलमिलापमा जान नसकेर अदालतमा पुगेको पनि उनले बताइन् ।

आफ्नो क्षेत्राधिकारभित्रको सम्पूर्ण अधिकारमा कसैले पनि हस्तक्षेप नगरेको र कुनै पनि राजनीतिक दलको दबाब र प्रभावका बीचमा काम गर्न नपरेकोमा खुसी लागेको उनले भनिन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुको पनि मञ्जु मल्ल र सङ्गीता सुवेदीको जस्तै अनुभव रहेको छ । उपाध्यक्ष भएर पहिलो कार्यकाल सम्हाल्दै गरेकी मनिषाले आफु सम्बद्ध भएका सबै समितिको निर्णय गर्न उनलाई कसैको दबाब र प्रभाव नभएको बताइन् ।

न्यायिक समितिमा आउने प्रायः मुद्दालाई उनले पनि मेलमिलापको माध्यमबाट मिलाउने गरेको बताउँछिन् । “यो गाउँपालिका गाउँघरकै बीचमा भएको हुनाले यहाँ आउने प्रायः घटना खेतीबाली, वस्तुभाउ र छिमेकीसँगको सीमाका विषयमा आउने गर्छन् । यी विषय भनेको समान्य मेलमिलापमा मिलाइने भएको हुनाले न्यायिक समितिबाटै हामीले सहजै मुद्दा मिलाउँदै आइरहेका छौँ ।” उनले भनिन् ।

बाँकेको आठ वटा पालिकामध्य नेपालगञ्ज उपमहानगरपालिकामा उपाध्यक्ष पुरुष समुदायको छन् भने बैजनाथ र डुडुवा गाउँपालिकामा महिला उपाध्यक्षले नै आफ्नो कार्यभार सम्हालिरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : २५ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको