२ श्रावण २०८३, शनिबार | July 18, 2026

आज २५६७ औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं । आज २५६७ औं बुद्ध जयन्ती । शान्तिका सन्देश बाहक सिद्धार्थ गौतमको जन्म इशापुर्व जन्म ईशापूर्व ५४३ कपिलवस्तुमा भएको थियो । उनले प्रतिवादन गरेको अहिंसा र सत्यको मार्गका करोडौं अनुयायी रहेका छन ।

सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए भने २९ वर्षको उमेरमा राजदरबारका सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका उनले भारतको बोधगयामा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्या गरेको धार्मिक मान्यता रहेको छ ।

सो कठोर तपस्या पछि उनलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त हासिल भयो । आफुले प्राप्त गरेको ज्ञान उनले संसारलाई बाँडे । त्यसपछि उनी संसारभर भगवान् बुद्ध भनी कहलिन र पुजिन थाले ।
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।बुद्ध धर्म– प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा रहेको छ । जन्मभुमी नेपालसहित विश्व भरी आजको दिनलाई बुद्ध पूर्णिमाको रूपमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको आजको यस पवित्र दिनले सम्पूर्ण मानव जगत्‌लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा, मुदिता र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गरेको छ ।

भगवान् बुद्धले दु:खबाट मुक्ति हुनका लागि उपदेश गर्नु भएको चार आर्य सत्य र अष्टाङ्गका मार्ग सबै पिँढीका मानव मात्रका लागि शाश्वत सन्देशका रूपमा रहेका छन् ।

जीवनलाई रोग, शोक, दु:ख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षाहरू हिजो जति उपयोगी थिए आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन्। त्यसैले बुद्धका शिक्षाले सार्वकालीन महत्त्व राख्दछन् ।

आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनु परेको छ। आतङ्कवाद, शस्त्रास्त्रको होडबाजी र द्वन्द्वका कारण विश्वव्यापी शान्तितर्फको यात्रा दिनानुदित झन् कठिन र चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र मननीय हुन पुगेका छन् ।  पारस्परिक सम्मान, करुणा, अहिंसा र सद्भावयुक्त शान्तिपूर्ण विश्वका लागि भगवान् बुद्धका सन्देशहरू आज पनि अत्यन्त उपयोगी रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : २६ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो