२ चैत्र २०८२, सोमबार | March 17, 2026

सरकारमा सहभागी हुने, नहुने विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।

सरकारमा जाने, नजाने भनेर छलफल गर्न रास्वपाले साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्न लागेको हो ।

बैठकमा सरकारसँग सम्बन्धित विषय र अन्य समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गरिसकेका छन् । तर, रास्वपाले विगतमा आफुले नेतृत्व गरेका मन्त्रालय पाए र नीति तथा कार्यक्रममा आफ्नो दलले राख्दैआएका विषयहरु समावेश गरे सरकारमा सहभागी हुन सक्ने बताएको छ ।

गत सोमबार बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन प्रस्तावबारे जानकारी गराएका थिए । उनले सो दिन केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग राय मागेका थिए।आफ्ना शर्तहरु पुरा भए सरकारमा जान सकिने रास्वपा नेताहरुले बताउँदै आएका छन् ।

अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले वैकल्पिक गठबन्धन बनाएर लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको विषयले पनि राप्रपामा तरंग ल्याएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : २६ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित