२ श्रावण २०८३, शनिबार | July 18, 2026

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सभापति लामिछाने भन्छन् – शसक्त प्रतिपक्षको भूमिका निभाउँछौं



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछानेले जनताको अपेक्षाअनुसार अब पार्टी सशक्त प्रतिपक्षमा बस्ने बताए ।

गृहमन्त्रीसहित विगतका मन्त्रालय पाउने संभावना नदेखेपछि रास्वपा सरकारबाट बाहिरिएको हो । रास्वपाले पुरानै मन्त्रालयको नेतृत्व पाउनुपर्ने र नीति तथा कार्यक्रममा आफुहरुले उठाउँदै आएको मुद्दा समावेश गर्नुपर्ने शर्तलाई रास्वपाले सरकारको समर्थन र सहभागितासँग जोडेको थियो ।

उनले भने, “हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ, यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु भन्ने थियो, अब त्यही अनुरुप अगाडि बढ्छौँ ।” सभापति लामिछानेले अबका दिनमा पार्टीको सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्षका रूपमा काम गर्ने बताए ।

लामिछानेले भने, “गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ, सरकारले बाटो बिराएको खण्डमा एउटा राजनीतिक दलले अवश्य पनि कदम चाल्छ, तर सरकार बनाउने र ढाल्नेभन्दा पनि रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।”

उनले प्रदेश संरचना नेता÷कार्यकर्ता व्यवस्थापन गर्ने थलो मात्रै भएको भन्दै प्रदेश संरचनाबारे छलफल गर्नुपर्ने बताए । यही व्यवस्थाभित्र पनि जनताको अवस्था बदल्न सकिने उनको भनाइ छ । सभापति लामिछानेले वर्तमान सरकारले नक्कली शरणार्थी काण्डमा सङ्लग्न व्यक्तिलगायत भ्रष्टाचारमा सङ्लग्न व्यक्तिलाई कारबाही गरेकोप्रति धन्यवाद व्यक्त गर्दै भ्रष्टाचारका मुद्दामा सङ्लग्न अन्य व्यक्तिलाई कारबाहीका लागि आग्रह गरे ।

पार्टीको केन्द्रीय महाधिवेशनभन्दा अगाडि पार्टीका सांसदलाई केन्द्रीय समितिमा समावेश गरिने उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : २५ बजे

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको