२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लिखतसम्बन्धी कसुरमा गुल्मीका पत्रकार भण्डारी पक्राउ



काठमाडौं । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जना पत्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका पत्रकार भण्डारी सुरक्षा न्यूज डटकमका प्रबन्ध निर्देशक हुन् । भण्डारीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो । उजुरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ४० बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन