२७ भदौ २०८३, शनिबार | September 12, 2026

अमेरिकाको टेक्सासस्थित एक मलमा गोली चल्दा ९ जनाको मृत्यु, कैयौं घाइते



अमेरिकाको टेक्सासस्थित एक मलमा गोली चल्दा ८ जना सर्वसाधरण र एक बन्दुकधारीको मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएका छन् ।

डलास नजिकैको एक आउटलेट मलमा गोलीकाण्ड भएको हो । घटनामा घाइते सात जनाको ट्रमा अस्पतालमा उपचार भइरहेको छ ।

कम्तीमा नौ जनालाई अस्पताल पठाइएको एलेन टेक्सासका फायर चीफ जोनाथन बॉयडले बताएका छन् । ती मध्ये दुई जनाको मृत्यु भइसकेको, तीन जना गम्भीर शल्यक्रियामा रहेको र चार जनाको अवस्था स्थिर रहेको बोइडले बताएका छन् ।

डलास क्षेत्रको मेडिकल समूहले ५ सम्मका पीडितहरूलाई उपचार गरिरहेको बताएको छ। एलेनका अधिकारीहरूले एलेन प्रिमियम आउटलेटहरूमा दिउँसो गोलीबारीको जवाफ दिएका थिए । जसका कारण ग्राहकहरु र कामदारहरूलाई लुक्नु परेको थियो ।

प्रहरीले दोस्रो बन्दुकधारीको पनि खोजी गरेको थियो । तर प्रहरीले अहिले गोली चलाउनेले एक्लै घटना गराएको विश्वास गरेको छ। एक एलेन अफिसरले गोली प्रहार गर्नेलाई मारेको प्रहरीले बताएको छ ।

भिडियोमा सयौं व्यक्ति पसलहरू क्षेत्रबाट बाहिर निस्केको देखिएछ । धेरैले एकअर्काका हात समातेका थिए। हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर कपडाले ढाकिएको देखाइएको थियो।

खसोखासबाट

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : २४ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल