७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

भारतीय राष्ट्रपतिको सम्बोधनमा बत्ति गएको बिषय बन्यो राजनीतिक मुद्दा



नयाँ दिल्ली । ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा शनिबार राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएपछि राजनीतिक विवाद उत्पन्न भएको छ ।

राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत सर्ट भएर कार्यक्रम स्थलमा अँध्यारो छाएको थियो ।  मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन । बिहान ११ः५६ बजेदेखि १२ः०५ बजेसम्म नौ मिनेटसम्म बिद्युत आएको थिएन । र, यसपछि भने विद्युत आपूर्ति सुचारु भएको थियो ।

यसलाई सुरक्षामा ठूलो कमी भएको भन्दै भारतीय जनता पार्टी ९भाजपा० प्रदेश अध्यक्ष मनमोहन सामलले मुख्यमन्त्री नवीन पटनायकलाई माफी माग्नु पर्ने जनाएका छन् ।

उनले भने, ‘यो सिंगो राज्यको लागि लज्जास्पद कुरा हो । राज्य सरकारले ओडिशालाई पावर सरप्लस राज्य हो भनी दाबी गर्छ तर देशको पहिलो नागरिक भएको ठाउँमा बिजुली दिन सकेन। हामी मुख्यमन्त्रीले माफी मागेको हेर्न चाहान्छौं ।’

कांग्रेसका वरिष्ठ नेता पञ्चानन कानुङ्गोले भने, ‘यो सम्पूर्ण राज्यको लागि ठूलो लज्जास्पद कुरा हो। यस घटनाका लागि राष्ट्रपतिसँग माफी माग्न प्रदेश सरकारसँग माग गर्दछौं।’

सोही क्रममा बिजु जनता दलका उपाध्यक्ष देविप्रसाद मिश्रले यो लापरवाहीको दोषी पत्ता लगाउन छानबिन गरिने बताएका छन ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ४२ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि