१० भदौ २०८३, बुधबार | August 26, 2026

भारतीय राष्ट्रपतिको सम्बोधनमा बत्ति गएको बिषय बन्यो राजनीतिक मुद्दा



नयाँ दिल्ली । ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा शनिबार राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएपछि राजनीतिक विवाद उत्पन्न भएको छ ।

राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत सर्ट भएर कार्यक्रम स्थलमा अँध्यारो छाएको थियो ।  मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन । बिहान ११ः५६ बजेदेखि १२ः०५ बजेसम्म नौ मिनेटसम्म बिद्युत आएको थिएन । र, यसपछि भने विद्युत आपूर्ति सुचारु भएको थियो ।

यसलाई सुरक्षामा ठूलो कमी भएको भन्दै भारतीय जनता पार्टी ९भाजपा० प्रदेश अध्यक्ष मनमोहन सामलले मुख्यमन्त्री नवीन पटनायकलाई माफी माग्नु पर्ने जनाएका छन् ।

उनले भने, ‘यो सिंगो राज्यको लागि लज्जास्पद कुरा हो । राज्य सरकारले ओडिशालाई पावर सरप्लस राज्य हो भनी दाबी गर्छ तर देशको पहिलो नागरिक भएको ठाउँमा बिजुली दिन सकेन। हामी मुख्यमन्त्रीले माफी मागेको हेर्न चाहान्छौं ।’

कांग्रेसका वरिष्ठ नेता पञ्चानन कानुङ्गोले भने, ‘यो सम्पूर्ण राज्यको लागि ठूलो लज्जास्पद कुरा हो। यस घटनाका लागि राष्ट्रपतिसँग माफी माग्न प्रदेश सरकारसँग माग गर्दछौं।’

सोही क्रममा बिजु जनता दलका उपाध्यक्ष देविप्रसाद मिश्रले यो लापरवाहीको दोषी पत्ता लगाउन छानबिन गरिने बताएका छन ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ४२ बजे

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट