२ श्रावण २०८३, शनिबार | July 18, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।

कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर रु ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड २२ लाख ३७ हजार छ सय सात मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर रु एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैंक रु एक करोड ६८ लाख २३ हजार, एनआइसी एशिया बैंक रु एक करोड ५४ लाख ७० हजार छ सय २३ र ङादी ग्रुप पावरको रु एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त आठ दशमलब २२,इस्टर्न हाइड्रोपावर सात दशमलब ६१, सनराइज ब्ल्यूचिप फण्ड पाँच दशमलब ८७,राष्ट्र उत्थान लघुवित्त तीन दशमलब ७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले बढेको छ । यस्तै एनएमबी बैंकको ऋणपत्र आठ दशमलब ८३, मकर जीतुमाया सुरी हाइड्रोपावर आठ दशमलब ३१, घलेम्दी हाइड्रोपावर पाँच दशमलब ८२, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब ७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : ५६ बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई