२० माघ २०८२, मंगलबार | February 3, 2026

बाँकेको नरैनापुर : जहाँ विद्यालय नगई शिक्षकले तलब खान्छन्



नरैनापुर । बाँकेको नगरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आइतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिने गरेकोे पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्ण चन्द्र मौर्यसहितको टोलीले विद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नै नहुने गरेकोे, महिनौ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको, उपस्थित शिक्षकले पनि हप्तौदिनसम्म हाजिरी नगरेको पाइएको हो ।

अनुगमनका क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ४ जयरामपूर्वामा रहेको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि मदरसा नआएको पाएको छ । चैत महिनामा पनि शिक्षिका जयमती २ दिन र खाजा व्यवस्थापक रामजी एकदिन मात्रै मदरसा आएको हाजिरी रजिस्टरबाट देखिएको छ । उनीहरुले मदरसामा नआएपछि तलब भने पाइरहेको विद्यालयको लेखा शाखाबाट पुष्टि भएको छ । उनीहरु दुवैलाई गाउँपालिकाले राहतमा खटाएका कर्मचारी हुन् ।

यस विषयमा मदरसाका प्रध्यानाध्यपक इब्राइम खान उनीहरुलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको बताउँछन् । ‘उहाहरुलाई हामीले धेरैपटक फोन गरेका छौं । गाउँपालिकामा पनि निवेदन दिएका छौं । तर पनि उहाँहरु मदरसामा आउनु हुँदैन,’ खानले भने, ‘तर तलब भने उहाँहरुले पाइरहनु भएको छ ।’

त्यस्तै वडा नम्बर ५ मा जमुनाहामा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा संयोजक मौर्यसहितको टोली पुग्दा प्रध्यानाध्यापक नै भेटिएनन् भने शिक्षकहरुको हाजिरी रजिष्टर माग्दा आफूहरुलाई थाहा नभएको शिक्षकहरुले बताए । तर संयोजक मौर्यले दबाब दिएपछिमात्र शिक्षकहरुले हाजिरी रजिष्टर देखाए । तर उक्त हाजिरी रजिष्ट्ररमा कुनै पनि शिक्षकले वैशाख महिनामा हाजिरी गरेको पाइएन । त्यस्तै मदरसामा कति विद्यार्थी अध्ययनरत छन् ? भने प्रश्न गर्दा कोही पनि शिक्षकले त्यसको उत्तर दिन सकेनन् ।

एकजना शिक्षकलाई किन हाजिरी नगर्नु भएको भनेर संयोजक मौर्यले प्रश्न गर्दा उनले नयाँ आर्थिक वर्षको हाजिरी रजिष्टर नै नबनाएको जवाफ दिएका थिए । यस्तै बेतिथि वडा नम्बर ४, जमुनहामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि देखिएको छ । अनुगमनका क्रममा उक्र विद्यालयमा पनि प्रध्यानाध्यपक भेटिएनन् । धेरैजसो शिक्षकले हप्तौदिनदेखि हाजिरी नै नगरेको अनुगमन समितिले फेला पारेको छ ।

यस विषयमा संयोजक मौर्यले प्रश्न गर्दा शिक्षक÷शिक्षिकाहरु नयाँ वर्ष भएको, कक्षा भर्खर सुरु भएको, कोही छुट्टीमा भएको जस्ता जवाफ दिएका थिए । अनुगमन समितिकै उपस्थितीमा उनीहरुले धमाधम महिनाभरिको हाजिरी गरेका थिए ।

अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटी, समस्या देखिएको संयोजक मौर्यले बताए । ‘यो पहिलोपटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौं । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौ,’ मौर्यले भने, ‘ अर्कोपटक फेरि अनुमगनमा जाने छौं । यस्तै समस्या देखियो भने कारबाही गर्ने छौं ।’

गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले विद्यार्थी नभएको र शिक्षक नजाने विद्यालय बन्द गर्नुको विकल्प नभएको बताए । खबरकुरासँग कुरा गर्दै उनले बिद्यार्थी कम भएको र शिक्षक कम भएको बिद्यालयलाई मर्ज गराउने अभियानमा आफु लागेको बताए । बिद्यालयमा नजाने शिक्षकहरुलाई कारवाही गर्न आफुले कुनै कमी नराख्ने बताउँदै उनले समस्या उजागर गरिदिने अनुगमन समितिलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ०५ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र