३० चैत्र २०८२, सोमबार | April 13, 2026

अफगानिस्तानको नान्गाहारमा वर्षा र बाढीका कारण ४ जनाको मृत्यु, २५ घाइते



काबुल । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् ।
खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै अचानक आएको बाढीका कारण व्यापक जनधनको क्षति भएको उल्लेख गरेको छ । तालिवानका अनुसार बाढीका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

त्यसैगरी करिब ३०० आवासीय घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन् । कामा, लालपुर, गोष्टा, कोज कुनार जिल्ला र नान्गार्हार लगायतका प्रान्तका अन्य केही क्षेत्रको हजारौँ एकड खेतीयोग्य जमिनमा आएको बाढीका कारण क्षति पुगेको हो । स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा वर्षा र बाढीका कारण भएको क्षतिका तस्बीर सार्वजनिक गरेका छन् । स्थानीय बासिन्दाले बाढीपीडित परिवारलाई सहयोग गर्न सहयोगी संस्थाहरूलाई आग्रह गरेका छन् ।

यसैबीच, तीव्र हावासँगै आएको भारी वर्षाले उत्तरी बल्ख, समंगन, तखार, कुन्दुज र बाघलान प्रान्तमा खेतबारी र बगैचामा व्यापक क्षति पुर्याएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको मौसम विज्ञान विभागले मौसम थप जटिल हुनसक्ने भविष्यवाणी गरेको छ । गत अप्रिलको शुरुमा तालिबानको नेतृत्वमा रहेको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका ३१ प्रान्तमा अचानक आएको बाढी र भूकम्पका कारण कम्तीमा २९ जनाको मृत्यु भएको बताएका थिए ।

प्राकृतिक प्रकोपका कारण ८ सय ४८ गाईवस्तु, १ सय ५५ आवासीय घर, १ हजार २ सय ४२ घरमा आंशिक क्षति पुगेको र ७ हजार १०६ एकड खेतीयोग्य जमिनमा भौतिक तथा आर्थिक क्षति भएको उनले उल्लेख गरेका छन् ।

अफगानिस्तानका नौ प्रान्तहरू पहिले भारी वर्षा, हिउँ र पानीबाट गम्भीर रूपमा प्रभावित भएका थिए जसमा बाल्ख, जाबुल, फर्याब, उरुजगान, निमरोज, नान्गाहार, कुनार, नुरिस्तान र लघमान लगायतका छन्। भारी वर्षाका कारण ७५६ भन्दा बढी घर आंशिक वा पूर्णरुपमा ध्वस्त भएका पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ३३ बजे

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको