२ श्रावण २०८३, शनिबार | July 18, 2026

नवाजुद्दिन र परिवारविरुद्धको मुद्दा फिर्ता लिने आलियाको घोषणा



मुम्बई । अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दीकी निजी जीवनका कारण चर्चामा छन् । हालैमात्र आलियाले नवाजुद्दीन र उनकी आमाविरुद्ध आफुमाथि कुटपिटको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

यिनै आलियाले सञ्जालमा नवाजले गरेको गल्तीलाई माफी दिँदै मुद्धा फिर्ता लिएर भविष्य उज्जवल बनाउने घोषणा गरेकी छन् । उनले अतितको चक्रव्यूमा फस्नु राम्रो नभएकाले गल्ती पुनः नदोहो¥याउने प्रतिबद्धता जनाउँदै सन्तानको भविष्यका लागि यो निर्णय लिएको उल्लेख गरेकी छन् ।

‘हेल्लो नवाज, यो चिठी तिम्रा लागि हो । मैले कैयौं स्थानमा सुने र पढे कि जिन्दगी चलिरहनुपर्ने विषय हो । हामीबीच केही महिनाअघिसम्म जे भए, म यी सबै कुरालाई भुलेर आफ्नो इश्वरमाथि आस्था राख्दै उनको प्रेरणाबाट आफ्नो गल्तीको लागि माफी माग्छु । तिम्रो गल्तीलाई माफी दिँदै अगाडि बढेर भविष्यलाई राम्रो बनाउने कोशिस गर्नेछु । अतितमा फस्नु भनेको कुनै चक्रव्यूमा फस्नु जस्तै हो । यसकारण अतितलाई पछाडि छोडेर यस्ता गल्ती फेरी नदोहोर्‍याउने प्रतिबद्धताका साथ हामी बच्चाको भविष्यमा उज्यालो प्रकाश छर्ने प्रण लिन्छौं’, उनले लेखेकी छन् ।

उनले नवाजुद्दीन र उनको परिवारमाथि आफूले लगाएको सबै मुद्धा फिर्ता लिने उल्लेख गरेकी छन् । उनले आफूलाई नवाजुद्दीनको कुनै आर्थिक सहयोग पनि नचाहिएको र उनीबाट आर्थिक आशा पनि नराखेको जनाएकी छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : ०४ बजे

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा