५ भदौ २०८३, शुक्रबार | August 21, 2026

महाकाली सिँचाइ : शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन



महेन्द्रनगर । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ ।

कञ्चनपुरको राष्ट्रिय गौरवको आयोजनामा परेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत आगामी असारसम्म कूल २८ किलोमिटर मूल नहर निर्माण सकिँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालमा निर्माण सुरु भएको मुल नहरको काम हाल शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म पुगेको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउन सुरु गरिएको आयोजनाको अहिले १५ किलोमिटर मूल नहर निर्माण तीन प्याजेकमा भइरहेको छ । तर निर्माणमा आउने प्राविधिक कठिनाइ हल गर्न आयोजनाका कर्मचारीले ढिलासुस्ती गरेकै कारण निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको आरोप छ ।

“मूल नहरअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब सात÷आठ सय मिटर पानीको मूल फ्टने समस्याले निर्माण ढिलाइ भइरहेको छ ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनियर शम्भू पण्डितले भने, “आगामी असारभित्र निर्माणाधीन काम सकिएर नयाँ ठेक्काको सुरसारमा लाग्छौँ ।”

विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन । इञ्जिनियर पण्डितका अनुसार २८ किलोमिटर मूल नहरको क्षेत्रमा अहिले दुई प्याकेजमा ठेक्का सम्झौता गरेर शाखा नहर निर्माण भइरहेको छ । यहाँ २२ वटा शाखा नहर निर्माणका लागि रु एक अर्ब बढीको लागतमा काम अघि बढेको छ ।

“एकदेखि १४ किलोमिटरसम्म पहिलो र १४ देखि २२ किलोमिटरसम्म दोस्रो गरी दुई प्याकेजका शाखा नहर निर्माण हुँदैछन्”, उनले भने, “अब चाँडै नै हामी स्याली नदीसम्म मूल नहरमा पानी ल्याउन सक्ने अवस्थामा पुग्दैछौंँ ।”

शाखा नहरको पहिलो प्याकेज राजेन्द्र निर्माण सेवा र दोस्रो प्याकेज केएस निर्माण सेवाले काम गरिरहेको उल्लेख गर्दै पण्डितले सो कामको अवधि दुई वर्षको रहेको जानकारी दिए । २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मुल नहर निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

“मूल नहर निर्माणको आवश्यक योजना बनाएर सिँचाइ विभाग पठाएको छौँ”, उनले भने–“ठेक्का पूरा हुन आगामी असोजसम्म लाग्न सक्छ ।” अढाइ दशकपछि महाकाली नदीदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटर भारतीय पक्षले बनाएको छ ।

गत वर्ष असार १५ गते धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छोडे पनि पछि विधिवत उद्घाटनपछि मात्रै नियमित पानी दिने भन्दै पानी दिन मानेको छैन । “प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा महाकाली नदीबाट पानी पाउनुपर्ने विषय एजेण्डा बनोस भनेर विभाग र मन्त्रालयसम्म कुरा पु-याएका छौँ”, पण्डितले भने, “नहरमा नियमित पानी आउने प्रबन्ध गर्नुपर्छ ।”

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : २५ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका