२ भदौ २०८३, मंगलबार | August 18, 2026

प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ताबाट सांसद सशंकित, प्रेम सुवालले सोधे- ‘फिल्म देखाउन हो ?’



काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् ।

जसअनुसार मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकयर्षण गराए ।

देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई कुनै पनि दबाबमा नपरेर यस घटनाको छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न खुट्टा नकमाउन आग्रह गरे ।

नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्ताप्रति दोषी जोगाउन हो कि भनेर आशंका व्यक्त गरेका छन् ।

मंगलबार पनि शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणबारे भएको छानबिन ट्रेलर मात्र भएको अभिव्यक्ति दिएका थिए । सोही प्रसंग जोडेर सांसदद सुवालले प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता भ्रष्टाचारी र ठगीलाई कारबाही गरेको फिल्म देखाउनका लागि हो ? भनेर प्रश्न गरे ।

मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने, ‘सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसदमा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु । नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अर्बौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएपछि उनीहरुलाई जोगाउन खोजिएको हो कि भन्ने आशंका पैदा गराइरहेका बेला सांसद सुवालले सो प्रश्न गरेका हुन् ।

उक्त प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका छन् । रायमाझीका छोरा पक्राउ परी अनुसन्धान भइरहेको छ ।

साथै सोही प्रकरणमा कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु, आरजु राणा देउवालगायतको नामसमेत मुछिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १२ : ५९ बजे

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने

काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’