२ भदौ २०८३, मंगलबार | August 18, 2026

बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन  गर्नुपर्छ : प्रेम सुवाल



काठमाडौं । सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिएका हुन् ।
सांसद सुवालले भने, “बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी स्वामित्वमा ल्याएर  बैंकिङ कसुर नियन्त्रण गर्नुपर्छ । विदेशी लगानी भएको बैंक र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुदैन ।” उनले नेपालीको सम्पति सीमाङ्कन गर्न र त्यसलाई विदेशमा राख्न नपाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानार्कषण गराए । “केही व्यक्तिहरुको कम्बोडिया, स्वीजरल्याण्ड, दुबई र बेलायतमा भएको सम्पति अविलम्ब नेपाल फिर्ता ल्याउने व्यवस्था गर्नुपर्छ, अनि मात्र हाम्रो बैंकमा पैसा हुन्छ”, सांसद सुवालले भने । उनले सार्वजनिक बिदा कटौती गर्न, रोजगारीको अवसर सिर्जना गर्न र बसाइँसराईलाई नियन्त्रण गर्नसमेत जोड दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : ०२ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको