२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा



काठमाडौं। नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो ।

पक्राउ पुर्जी जारी भएपछिको झण्डै ४ घण्टा बढी प्रहरी अधिकारीहरुसँगै रहेका उनी त्यसपछि मात्र सम्पर्क बिहिन रहँदै आएका छन् । प्रहरीले हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।

अर्घाखाँचीबाट निर्वाचित सांसद समेत रहेका रायमाझीको निवासमा खानतलासी लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पुष्टी गरे । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म प्रहरीकै सुरक्षामा आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएकोमा छोरा संन्दीपलाई भने सोही दिनको राती प्हरीले बुटवलबाट पक्राउ गरेको थियो ।

दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप छ ।

सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका केही नेता समेत मुछिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ४ : ०८ बजे

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले