९ बैशाख २०८३, बुधबार | April 22, 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो ।

इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टका अनुसार इमरान खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । इमरान खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुगेका थिए ।

इमरान खानले आईएसआई अधिकारीले आफ्नो हत्याको योजना बनाएको आरोप लगाएका थिए । तर, यसको  सोमबार पाकिस्तानी सेनाले इमरान खानको आरोपको निन्दा गरेको थियो र आरोपहरूलाई ’अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेको थियो । त्यसको एक दिनपछि मंगलबार उनलाई पक्राउको खबर बाहिर आएको छ ।

इमरान खानको आरोपबारे सेनाको मिडिया शाखा ’इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स’ (आईएसपीआर)ले भनेको छ, ‘इमरान खानको मनगठित र दुर्भावनापूर्ण आरोपहरू अत्यन्त दुर्भाग्यपूर्ण, निन्दनीय र अस्वीकार्य छन् । विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाउँदै आरोप–प्रत्यारोप लगाइँदै आएको छ ।’

गत शनिबार एक ¥यालीमा इमरान खानले इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) का अधिकारी मेजर जनरल फैसल नसीरले आफूलाई मार्ने योजना बनाएको आरोप लगाएका थिए ।

७१ वर्षीय इमरान खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरीफ र आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए । यस आक्रमणमा उनको खुट्टामा तीनवटा गोली लागेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ४ : २६ बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको