४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो ।

इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टका अनुसार इमरान खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । इमरान खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुगेका थिए ।

इमरान खानले आईएसआई अधिकारीले आफ्नो हत्याको योजना बनाएको आरोप लगाएका थिए । तर, यसको  सोमबार पाकिस्तानी सेनाले इमरान खानको आरोपको निन्दा गरेको थियो र आरोपहरूलाई ’अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेको थियो । त्यसको एक दिनपछि मंगलबार उनलाई पक्राउको खबर बाहिर आएको छ ।

इमरान खानको आरोपबारे सेनाको मिडिया शाखा ’इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स’ (आईएसपीआर)ले भनेको छ, ‘इमरान खानको मनगठित र दुर्भावनापूर्ण आरोपहरू अत्यन्त दुर्भाग्यपूर्ण, निन्दनीय र अस्वीकार्य छन् । विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाउँदै आरोप–प्रत्यारोप लगाइँदै आएको छ ।’

गत शनिबार एक ¥यालीमा इमरान खानले इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) का अधिकारी मेजर जनरल फैसल नसीरले आफूलाई मार्ने योजना बनाएको आरोप लगाएका थिए ।

७१ वर्षीय इमरान खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरीफ र आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए । यस आक्रमणमा उनको खुट्टामा तीनवटा गोली लागेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ४ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको