५ पुस २०८२, शनिबार | December 20, 2025

जीडीपी दोब्बर पार्ने उज्वेकिस्तानको लक्ष्य



ताशकन्द । उज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पु-याउने लक्ष्य राखेको बताएका छन् ।

‘यसको अर्थ प्रतिव्यक्ति जीडीपी चार हजार डलर पुग्ने हो,’ राष्ट्रपतिले ३० अप्रिलमा संशोधन गरिएको संविधानमा भएको जनमत सङ्ग्रहको नतिजापछि संसद्, सरकार र अन्य राज्य निकायका सदस्यलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् ।

राज्यले निजी क्षेत्रलाई सहयोग गर्ने, कर प्रशासनलाई सरल बनाउने र अर्थतन्त्रमा राज्यको सहभागिता घटाउन निरन्तर लागिरहने पनि राष्ट्रपतिले उल्लेख गरेका छन् ।

उज्बेकिस्तानले आफ्नो शान्तिपूर्ण विदेश नीति जारी राख्दै निकट र टाढाका देशसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै सबै क्षेत्रमा पारस्परिक सहयोगको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको