९ बैशाख २०८३, बुधबार | April 22, 2026

जीडीपी दोब्बर पार्ने उज्वेकिस्तानको लक्ष्य



ताशकन्द । उज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पु-याउने लक्ष्य राखेको बताएका छन् ।

‘यसको अर्थ प्रतिव्यक्ति जीडीपी चार हजार डलर पुग्ने हो,’ राष्ट्रपतिले ३० अप्रिलमा संशोधन गरिएको संविधानमा भएको जनमत सङ्ग्रहको नतिजापछि संसद्, सरकार र अन्य राज्य निकायका सदस्यलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् ।

राज्यले निजी क्षेत्रलाई सहयोग गर्ने, कर प्रशासनलाई सरल बनाउने र अर्थतन्त्रमा राज्यको सहभागिता घटाउन निरन्तर लागिरहने पनि राष्ट्रपतिले उल्लेख गरेका छन् ।

उज्बेकिस्तानले आफ्नो शान्तिपूर्ण विदेश नीति जारी राख्दै निकट र टाढाका देशसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै सबै क्षेत्रमा पारस्परिक सहयोगको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : ४६ बजे

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी