४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल ४ मा रहेको ह्वाईट रोज एकेडेमीका सञ्चालकले भवन निर्माणको लागि लगेको ७० लाख नतिरेको गुनासो



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ह्वाईट रोज एकेडेमीका सञ्चालकले विद्यालयको भवन निर्माणको लागि लगेको रकम नदिएको पिडितले गुनासो गरेका छन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का रोमलाल भुषालबाट विद्यालयको भवन निर्माणको लागि ७० लाख रुपैयाँ लगेको पैसा ५ वर्ष हुदाँ पनि पैसा नदिएको गुनासो गरेका छन ।

वि.स. २०७५ साल पुस महिना देखि बैशाख महिना सम्ममा पटक पटक नगद र चेक मार्फत ह्वाईट रोज एकेडेमीका सञ्चालक विनोद ज्ञवालीलाई भुषालले ७० लाख रुपैयाँ दिएका थिए । उनले आफुलाई एकेडेमीको शेयर सदस्य बनाउने भन्दै विद्यालयको भवन निर्माणको लागि रकम लगेको तर हाल सम्म पनि उक्त रकम भुक्तानी नगरेको कारण अन्यायमा परेको भुषालले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन् ।

एकेडेमीबाट १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको तर अन्य रकम ५ बर्ष सम्म पनि नपाएको भन्दै आफु अन्यायमा परेको गुनासो गरेका हुन । ज्ञवालीले स्कुलको सेयर सदस्य बनाउन नखोजेको र पटक पटक रकम दिने भनेर भाका सार्दै आएको र हाल ज्ञवाली एकाएक सम्पक बिहीन भएपछी आफु मिडियामा आउन बाध्य भएको बताएका छन ।

एकेडेमीमा हाल २ जना सञ्चालक रहेकोमा मुख्य सञ्चालक विनोद ज्ञवाली भने फरार रहेका छन् । उनी संगै सञ्चालक रहेकी संगीता देवी शर्माले अहिले विद्यालय सञ्चालन गरिरहेकी छिन् ।

विद्यालयमा हाल २०० भन्दा बढि विद्यार्थीहरु रहेका छन् । कक्षा १० सम्म अध्यापन गराउदै आएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सञ्चालक समेत रहेकी संगीता देवी शर्माले आफ्नो विद्यालयले रोमलाल भुषालबाट कुल ७५ लाख रकम लिएको र त्यो बापत केही व्याज समेत दिएको बताईन । हाल ५१ लाख रुपैयाँ भुसाललाई दिन बाकी रहेको बताईन ।
भुसालबाट लिएको रकम मध्य हाल सम्म २२ लाख रुपैयाँ जती भुक्तानी गरेको बताईन । उनले भनिन् पैसा लिएको हो हामी २ जना पार्टनर भएको र एकजना सम्पक बिहीन भएकाले ‘मेरो हिस्सामा रहेको आधा रकम मेरो जग्गाको फुकुवा हुँदा बित्तीकै बेचविखन गरी तिर्ने छु, बाँकी मेरो पार्टनर अहिले सम्पर्कमा हुनुहुन्न, म नै ठुलो समस्यामा रहेको छु ।’ उनले भनिन विद्यालयले लिएको रकम र निज भुषाललाई प्रदान गरेको रकमको विवरण सबै आफुसंग सुरक्षित भएको भन्दै जग्गा बेच विखन गरेर वा अन्य विभिन्न स्रोतबाट रकम जम्मा गरेर उक्त रकम भुक्तानी गर्ने प्रतिवद्धता समेत जनाईन ।

पिडित भनिएका भुषाल संगै सञ्चालक द्वय विनोद ज्ञवाली र संगीतादेवी शर्माले दुई वटा तमसुख गरी कुल ६३ लाख ३५ हजार रुपैयाँ लिएको तमसुक गरेका छन् । उक्त तमसुक वडा कार्यालयबाट समेत प्रमाणित गरिएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : १५ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी