७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, सरकारमा सहभागिता लगायत समसामयिक विषयमा छलफल र निर्णय गर्नेछ ।

जसपाबाट अहिले सरकारमा एकजना मात्र सहभागी छन् । जसपाले आफ्नो भागमा परेको दुई मन्त्रालयमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएको छ ।

बाँकी रहेको अर्को मन्त्रालयमा कसलाई पठाउनेभन्ने विषयमा उसले टुंगो लगाउन बाँकी छ । गत १० वैशाखमा सम्पन्न उपनिर्वाचनबाट पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएकाले पनि जसपाले मन्त्रीको टुंगो लगाउन बाँकी रहेको हो ।

जसपाको भागमा परेको बाँकी रहेको मन्त्रालयको जिम्मेवारी उपेन्द्रले लिने चर्चा पनि छ । उपप्रधानसहित मन्त्रालयको जिम्मेवारी पाए उनी सरकारमा जाने सम्भावना रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : २१ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा