२१ बैशाख २०८३, सोमबार | May 4, 2026

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, सरकारमा सहभागिता लगायत समसामयिक विषयमा छलफल र निर्णय गर्नेछ ।

जसपाबाट अहिले सरकारमा एकजना मात्र सहभागी छन् । जसपाले आफ्नो भागमा परेको दुई मन्त्रालयमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएको छ ।

बाँकी रहेको अर्को मन्त्रालयमा कसलाई पठाउनेभन्ने विषयमा उसले टुंगो लगाउन बाँकी छ । गत १० वैशाखमा सम्पन्न उपनिर्वाचनबाट पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएकाले पनि जसपाले मन्त्रीको टुंगो लगाउन बाँकी रहेको हो ।

जसपाको भागमा परेको बाँकी रहेको मन्त्रालयको जिम्मेवारी उपेन्द्रले लिने चर्चा पनि छ । उपप्रधानसहित मन्त्रालयको जिम्मेवारी पाए उनी सरकारमा जाने सम्भावना रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : २१ बजे

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा