२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बैंग्लोरलाई ६ विकेटले हराउँदै मुम्बई आईपीएलको तेस्रो स्थानमा



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

मंगलबार वान्खडेमा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको २०० रनको लक्ष्य मुम्बईले निर्धारित १६.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले ८३ रन बनाए । सूर्यकुमारले ३५ बलमा सात चौका र ६ छ्क्का प्रहार गरे । नेहल वाधेराले ३४ बलमा चार चौका र तीन छ्क्कासहित ५२ रन थपे । ओपरनर इशान किसनले ४२ रन बनाए ।

बेङ्लोरका वनिन्दु हसरङ्गा र विजयकुमार ब्यासकले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो ।

बेङ्लोरका ग्लेन म्याक्सवेलले ६८ रन बनाएका थिए । कप्तान फाफ डुप्लेसिसले ६५ रन थपे । दिनेश कार्तिकले ३० रन बनाउँदा केदार यादव र वनिन्दु हसरङ्गाले समान १२ रन जोडे ।

मुम्बईका जासन बह्रेन्डोर्फले तीन विकेट लिए । क्यामरून ग्रीन क्रिस जोर्डन र कुमार कार्तिकेयाले एकरएक विकेट लिए ।

जितसँगै ११ खेलबाट १२ अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको बेङ्लोर सातौं स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : २६ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा