४ श्रावण २०८३, सोमबार | July 21, 2026

चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारवाही हुने



काठमाडौं । सुर्तीजन्य सामग्रीको मुल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारवाही हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

‘नेपालमा सुर्तिजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरुको बिक्रीस्थलमा आफनो कम्पनीको नाम र दर रेटसहित मुल्यु सुची राखेर बिज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तिजन्य पदार्थ नियन्त्ररण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ बिपरित भएकाले त्यस्ता बिज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुटखा आदिका मुल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सुचनामा भनेको छ ।

सो सुचना अनुसार ‘यदि टाँस गरेको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्योहोरा समेत यसै सुचनाद्वारा सबैमा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ४७ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा