२४ मंसिर २०८२, बुधबार | December 10, 2025

वायुसेवा निगमले हप्तामा २ दिन रेसुङ्गा विमानस्थलका लागि उडान गर्ने



गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले निगमलाई उडान अनुमति दिएसँगै रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान हुने भएको हो ।

रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमबीच नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्नेछ । निगमको उडानमा सिट नभरिएको अवस्थामा स्थानीयतहले यात्रु बराबरको रकम भुक्तानी गर्ने गरि उडान संचालन गर्न गुल्मी तथा त्यस आसपासका स्थानीयतहले सहमति गरेका छन् ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका निगमले सार्वजनिक गरेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । पन्थीका अनुसार रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका हुने छ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको उडान अवधि ५० मिनेटको रहनेछ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको विमानस्थल पुग्न जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पार गर्नु पर्दछ । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो भने गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले परिक्षण उडान गरेको थियो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान समेत गरेको थियो ।

०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप ज्ञवालीले गरेको भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र चौडाइ २० मिटर छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुग, पाल्पा र स्याङजाका नागरिकले सेवा लिन सक्नेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : ०४ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ