६ बैशाख २०८१, बिहिबार | April 18, 2024

चैतसम्मको व्यापार घाटा १७.१ प्रतिशतले घट्यो



काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म व्यापार घाटा १७.१ प्रतिशतले कमी आएको जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आएर १० खर्ब ८३ अर्ब २३ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९।८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०।९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ४८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी