३ चैत्र २०८२, मंगलबार | March 17, 2026

टोपबहादुर रायमाझी एमाले सचिव पदबाट निलम्बित



काठमाडौं । नेकपा एमालेले टोपबहादुर रायमाझीलाई सचिव पदबाट निलम्बन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका रायमाझीलाई एमालेले निलम्बन गरेको हो ।

आज कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि दबाबमा परेको एमालेले रायमाझीलाई निलम्बन गरेको हो । रायमाझीबारे एमाले केहीदिनदेखि मौन रहेको थियो ।

महासचिव शंकर पोखरेलले आज प्रेस विज्ञप्ति जारी गर्दै नक्कली शरणार्थी प्रकरणको अनुसन्धान र कानूनी कारवाहीको टुंगो नलाग्दासम्म रायमाझीलाई निलम्बन गरेको जनाएका छन् ।

महासचिव पोखरेलले यसअघि राज्यका निकायमा उपस्थित भै अनुसन्धानलाई सघाउन पार्टी नेतृत्व समक्ष सहमति जनाएपनि नेतृत्वको विश्वास विपरित उनी उपस्थित नभएको जनाएका छन् ।

रायमाझी विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : १० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित