२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

पोखरामा लुकेका टोपबहादुर रायमाझी शनिबार मात्र काठमाडौं छिरेका थिए



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनदेखि फरार एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परे ।

प्रहरीले पक्राउपूर्जी जारी गर्दा सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा रहेका रायमाझी आफै काठमाडौं आएर आत्मसमर्पण गर्ने बताएका थिए ।

सोही साँझ भैरहवाबाट काठमाडौं आउने जहाजको टिकट अन्तिम समयमा क्यान्सिल गरेर फरार भएका रायमाझी ११ दिनपछि काठमाडौंबाट पक्राउ परेका हुन् । तर यो ११ दिनको बीचमा रायमाझीले प्रक्राउ हुनबाट वच्न विगतमा छापामार कमाण्डर हुँदा अपनाउने चलाखी अपनाउन खोजेको देखिएको छ ।

काठमाडौं जाने भनेर अर्घखाँचीबाट बुटवल आएका रायमाझीले उतैबाट प्रहरीलाई फोन गरी आफु आफै प्रहरीकोमा आएर हाजिर हुने भन्दै प्रहरीलाई आश्वास्त पारेका थिए । तर उनले त्यसपछि मोवाइल फोन स्वीचअफ गरेर फरार भएका थिए । रायमाझी बुटवलबाट भारत छिरेको आशंका प्र्रहरीसहित धेरैले गरेका थिए । तर उनी मोवाइल अफ गरेपछि आफ्नो एकजना पूर्वसचिवालय सदस्यसहित पोखरा गए। रायमाभाmीले त्यहीँ नै सेल्टर खडा गरेको प्रहरी स्रोतले बताएको छ ।

त्यसपछि रायमाझीले पोखरा पुर्याउने सहयोगीलाई आफ्नो मोवाइल फोन दिएर भारत पठाए। प्रहरीले टोपबहादुर पनि भारत पुगेको ठान्यो। त्यही अनुसार प्रहरी टोलीले भारत हानियो। खोजीकै क्रममा भारतीय प्रहरीको सहयोगमा प्रहरीले रायमाझीको मोवाइल बोक्ने व्यक्तिलाई भारतबाट समात्यो । त्यसपछि मात्र प्रहरीलाई टोपबहादुर पोखरामै लुकेको थाहा भएको हो ।

काठमाडौंबाट त्यसपछि प्रहरी विषेश ब्यूरोको टोली पोखरा पुग्यो । भारतमा आफ्नो सहयोगी पक्राउ परेको खबर उनले पनि पाएको हुनुपर्छ । त्यसैले प्रहरी पोखरा पुग्नु अघि नै उनी शनिबार राति पोखराबाट काठमाडौं छिरे। त्यसपछि प्रहरीले पोखरामा उनलाई सेल्टर दिने व्यक्तिलाई पिछा गर्यो। सेल्टर दिने ति व्यक्तिले नै टोपबहादुरलाई काठमाडौं छाडेर फेरि पोखरा फर्किएका रहेछन्। उनलाई नियन्त्रणमा लिएपछि बल्ल प्रहरी रायमाझीसम्म पुग्यो । उनी बुढानिलकण्ठ पासिकोटस्थित आफ्नो एक कार्यकर्ताको घरमा बसेका रहेछन् । प्रहरीले उनलाई त्यहिँबाट समात्न सफल भयो ।

टोपबहादुरसहित अब नक्कली भुटानी शरणार्थी प्रकरणमा १३ जना पक्राउ परेका छन् । यसअघि पूपूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ३९ बजे

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर