२७ श्रावण २०८३, बुधबार | August 13, 2026

कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहको चासो



खजुरा । बाँकेमा बढ्दो मात्रामा रहेको कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई साथ दिन स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजनसँगै आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।

कुष्ठरोगमुक्त समाज निर्माणका लागि नेपाल सरकारले अगाडि सारेको लक्ष्यलाई पूरा गर्न आवश्यक रणनीतिका साथ योजना बनाएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले जानकारी दिए । उनले कुष्ठरोग निवारणका लागि खजुरामा वडास्तरबाटै योजना बनाएर लाग्न स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई आग्रह गरेको बताए ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले अहिले पनि समाजमा सुसुप्त अवस्थामा रहेको कुष्ठरोग निवारणका लागि सामाजिक सचेतनालगायत आवश्यक योजना बनाइएको बताए । आगामी आवदेखि बजेटको व्यवस्था गरेर गाउँपालिकामा कुष्ठरोगी खोजपडताल अभियान सञ्चालन गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी पार्न आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

बाँकेमा जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा कुष्ठरोगका बिरामी बढिरहेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगामी आवदेखि कुष्ठरोग निवारण अभियानलाई प्राथमिकतामा पारेर गतिविधि गरिने बताए ।

बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए । “पाँच वर्षसम्म कुनै पनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ, तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये तीन प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ”, उनले भने, “स्वास्थ्यकर्मीको प्रयासबाट मात्रै कुष्ठरोग निवारण सम्भव छैन, यसमा स्थानीय सरकारले चासो देखाउनु खुसीको कुरा हो ।”

उनका अनुसार बाँकेमा अहिले कुष्ठरोगको व्यापकता दर जनसङ्ख्याको प्रतिदश हजारमा शून्य दशमलव ८४ रहेको छ । यो चालु आव २०७९/८० चैतसम्मको तथ्याङ्क हो । अघिल्लो आव २०७८÷७९ मा व्यापकता दर एक दशमलव चार रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिकामा कुष्ठरोगको व्यापकता दर जनसङ्ख्याको प्रति दशहजारमा एक दशमलव पाँच रहेको छ । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक दशमलव तीन, डुडुवामा शून्य दशमलव ९१, राप्ती सोनारीमा शून्य दशमलव ७२, खजुरामा शून्य दशमलव ६१, नेपालगञ्जमा शून्य दशमलव ४७ र बैजनाथमा शून्य दशमलव सात रहेको छ ।

यसैगरी बाँकेमा आव २०७९/८० को चैतसम्म कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउने दर प्रति एक लाख जनसङ्ख्यामा आठ दशमलव चार छ । अघिल्लो आव २०७८/७९ मा यो दर १४ रहेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति नेपालीले बताए ।

बाँकेमा जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र आइएनएफले कुष्ठरोग रोकथाम तथा निवारणका लागि काम गर्दै आएका छन् । आव २०७८/७९ मा एक सय ५७ कुष्ठरोगीको पहिचान भएको आइएनएफद्वारा जानकी गाउँपालिकामा सञ्चालित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिए ।

उनका अनुसार पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्ने गरेको अस्पतालका प्रमुख थारूले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : ४२ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको