४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको सुखौरा खोला सरसफाई अभियान



बुटवल । बुटवल उपमहानगरपालिकाले सुखौरा खोलाको सरसफाइ अभियान चलाएको छ । खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको, डेंगुजस्ता रोग फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले वडा नं ४, ६, ७ र ८ मा पर्ने सुखौरा खोला सरसफाई अभियान थालेको हो ।

अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका खोलानालामा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको र यसले दुर्गन्ध र रोगव्याधी फैलाएकोले सरसफाइ अभियान चलाइएको बताए ।

उनले सुखौरा खोला सफाइ गरेपछि बसपार्क र मुख्य सडकहरु सफा गर्ने अभियान चलाइने बताए । प्रमुख पाण्डेयले सार्वजनिक स्थल र खोलानालाहरुमा फोहोर नफाल्न आह्वान गर्दै आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा नम्बर-४ का अध्यक्ष नरिश्वर पौडेलले खोलाक्षेत्रमा फोहोर फाल्नेलाई कानुनबमोजिम कारबाही हुने बताए ।
फोहोर व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बुधबारदेखि ३ दिनसम्म हरेक दिन बिहान ७ बजेदेखि खोला क्षेत्रको सरसफाई शुरु हुने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको