५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बालकृष्ण खाँणसँग सरकारी वकिलले आजबाट बिषय केन्द्रित बयान लिने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ ।

सरकारी वकिलले पुर्व गृहमन्त्री खाँण पक्राउको विषयमा केन्द्रित भएर आजबाट बयान लिन सुरु गर्ने भएको हो ।

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने । उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ ।

बुधबार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको समय दिईसकेको छ । अदालतले दिएको समयसिमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।

आज रातभर प्रहरी कस्टडीमा बिताएका पुर्व गृहमन्त्री खाँणसँग आज बिहान १० बजेपछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाईएको छ ।

हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँणले सरकारी वकिल समक्ष आफनो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : २९ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले