४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्वविख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवल आउदै



बुटवल । विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी डा. विकासानन्द बुटवलमा आउन लागेका हुन ।

बिहान देखि साँझ सम्म एक दिन बुटवल योगीकुटीमा रहेको होटल फेमिङ्गोमा आयोजना हुने शिविरको तयारी पुरा भएको विश्व परिवार विकासानन्द फाउन्डेसन बुटवलका संयोजक लिला गौतमले जानकारी दिईन ।

बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी संयोजक गौतमले डा। विकासानन्दले बिहान देखि साँझ जेठ १३ गते शनिबार उक्त योग, ध्यान, ज्ञानको शिविर आयोजना गरिएको जानकारी दिइन ।

शनिबार आयोजना गरिएको उक्त शिविरमा सहभागीताका लागि ५ सय रुपैयाँको टिकट व्यवस्थापन गरिएको छ । शिविरमा सहभागीहरुको लागि सोही टिकटबाट नै खाना, खाजाको प्रबन्ध गरिएको छ ।

योगी विकासानन्द बुटवलमा यस्तो प्रकृतिको कार्यक्रममा पहिलो पटक आउन लागेका हुन । विश्व परिवार विकासानन्द फाउन्डेसन रुपन्देहीमा १०० भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् ।

दुई चरणमा आयोजना हुने शिविरमा बिहान देखि दिउँसो योगा, ध्यानको कार्यक्रम राखिएको छ भने दिउँसो देखि साँझको मनोक्रान्तिको विषयमा प्रवचनको कार्यक्रम राखिएको संयोजक गौतमलले जानकारी दिईन । कार्यक्रममा १ हजार भन्दा बढिको सहभागीता अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ४ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको