१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बुद्ध एयरका मालिक बस्नेतले गरे पचास करोड लगानीमा कृषि कर्म



काठमाडौं । आन्तरिक हवाई उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर सञ्चालन गरिरहेका वीरेन्द्रबहादुर बस्नेतले कृषिमा पनि लगानी विस्तार गरेका छन् ।

निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्ने उद्देश्यले बस्नेतले ‘आरजु राइस मिल’मार्फत विभिन्न दुई ब्रान्डका चामल उपभोक्तामाझ ल्याएका छन् । “कृषिलाई प्रविधिसँग जोडेर किसानलाई यसतर्फ आकर्षण गर्ने लक्ष्यसहित गुणस्तरीय, सस्तो र स्वादिलो चामल ल्याएका छौँ”, उनले भने, “तत्काल ‘जीरा मसिनो’ र ‘लङग्रेन’ चामल ल्याएका छौँ । आगामी दिनमा बास्मती चामल पनि ल्याउनेछौँ ।”

कम्पनीले आज पत्रकार सम्मेलन गरी चामल बिक्री–वितरण शुभारम्भको घोषणा गरेको छ । नेपालमा उत्पादन हुने ‘रामधान’ प्रशोधन गरी उपभोक्तामाझ ल्याइएको कम्पनीका कार्यकारी अध्यक्ष बस्नेतले बताए ।

बुद्ध एयरले करिब रु ५० करोड लगानीमा मोरङको बेलबारीमा अत्याधुनिक मिल हालै सञ्चालन ल्याएको थियो । उक्त मिलबाट उत्पादित विभिन्न ब्रान्डका चामल आजदेखि औपचारिकरूपमा बजारमा ल्याएको हो ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कृषिलाई उद्योगसँग जोडेर किसानलाई प्रोत्साहन गर्ने कार्यमा कम्पनीले भूमिका खेलेको उल्लेख गरे । उनले निजी क्षेत्रबाट भएको यस किसिमको प्रयासलाई थप प्रोत्साहनका लागि मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले सम्भावित खाद्यसङ्कटलाई मध्यनजर गरी सरकार र निजी क्षेत्रको सहकार्यमा कृषि उत्पादन र प्रवर्द्धनमा प्रभावकारी कार्यक्रम लैजानुपर्नेमा जोड दिए । उनले कृषिमा लगानीअनुसारको प्रतिफल नआइरहेको समयमा आरजु मिलले नयाँ नमूना स्थापित गरेको बताए ।

नेपाल कृषि केयर कम्पनीका सञ्चालक सदस्य डा रामचन्द्र खनालले विगत १२ वर्षदेखि नेपालको पूर्वी क्षेत्रमा कृषिको व्यावसायीकरणमा कम्पनी लागेको र त्यसको प्रतिफल देखिन थालेको बताए । मोरङको कानेपोखरीका किसान दिव्यराज खतिवडा र बेलबारीका शिवनाथ धिमालले परम्परागत कृषि खेतीको सुधार गरी आधुनिक प्रणालीबाट खेती उत्पादन प्रवर्द्धनमा आरजु राइस मिलले किसानलाई सहयोग पु¥याएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ६ : ३१ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा