३१ श्रावण २०८३, आइतबार | August 16, 2026

काठमाडौंबाट पोखरा गएको बुद्ध एयरको विमानमा चरा ठोक्कियो



पोखरा । बुद्ध एयरको एक विमान शनिबार अवतरणका क्रममा चरा ठोक्किँदा दुर्घटना हुनबाट जोगिएको छ।

काठमाडौंबाट पोखरा गन्तव्यका लागि उडेको ‘९एन–एओसी’ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झर्न लाग्दा चरासँग धक्का लागेको थियो।

पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३:४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।

चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।

यसअघि पनि करिब दुई हप्ता पहिले पोखरामा बुद्ध एयरकै अर्को विमान चरा ठोक्किएको घटना सार्वजनिक भएको थियो।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : २३ बजे

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी