३१ श्रावण २०८३, आइतबार | August 16, 2026

पोखरामा चरा ठोक्किएपछि रोकिएको बुद्ध एयरको विमान प्राविधिक परीक्षणपछि सुरक्षित रूपमा काठमाडौं फिर्ता



पोखरा । पोखरामा चरा ठोक्किएपछि ग्राउन्डेड गरिएको बुद्ध एयरको विमान प्राविधिक परीक्षण सम्पन्न गरेपछि सुरक्षित रूपमा काठमाडौं फिर्ता भएको छ । शुक्रबार (कात्तिक २९) बिहान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न तयार फ्लाइट नम्बर ६०४ को विमान टेक–अफको क्रममा चिलसँग ठोक्किएको थियो ।

विमान उड्न लागेका बखत अगाडि भागमा चिल ठोक्किएपछि सुरक्षाका कारण उड्डयन प्रक्रिया स्थगित गरी विमान फर्काएर पार्किङ क्षेत्रमा लगिएको थियो । घटनापछि बुद्ध एयरका प्राविधिक टोलीले विस्तृत परीक्षण र आवश्यक जाँच गरेपछि विमान उडान गर्न सुरक्षित भएको पुष्टि गरेको हो ।

विमान अहिले सुरक्षित रूपमा काठमाडौं पुगेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार, यात्रुको सुरक्षा उच्च प्राथमिकतामा राख्दै विमानको पूर्ण निरीक्षणपछि मात्र उडान गराइएको हो ।

नेपालमा चरा ठोक्किने (बर्ड हिट) घटना उड्डयन सुरक्षाका लागि एक चुनौती मानिँदै आएको छ । यस्ता घटनाबाट कुनै ठूलो क्षति नभए पनि यसको रोकथामका लागि विमानस्थल परिसरमा वातावरणीय व्यवस्थापन र दक्ष पाइलटको भूमिकालाई महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ३ : २२ बजे

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी